Notice: Undefined index: MemUserName in /home/namcheba/ksaa.org.np/leftnav2.php on line 3

MEMBER LOGIN

Email:

Password:

BECOME A MEMBER

Did you go to Khumjung School ? if, yes, create an account.

EVENTS

World Environment Da

Khumjung

Football Coaching Pr

Khumjung

6th Annual General M

Hotel Seto Gurans

Career Counseling Pr

Mount Kailash School

Sir Edmond Hillary M

Khumjung, Nepal

Fifth Annual General

Hotel Seto Gunras,Ka

Closing Ceremony of

Himalayan Climate In

College Counseling P

H.C.I Kathmandu

Career Counseling Pr

Khumjung High School

Career Counseling Pr

MahendraJyoti School

KSAA Executive Board

Indreni Food Land (C

KSAA,MJESF and SYT

Indreni Food Land (C

4th Annual General M

Hotel Seto Gurans, L

Mountain, Mountain P

Hotel Seto Gurans, B

Annual General Meeti

To be determined.

EC Meeting

KSAA Office, Sital M

KSAA Third (3rd) Ann

SR Catering (Gopi Kr

KSAA & MJEF meeting

Indreni Cafe Meeting

Mt. Everest Diamond

Khumjung, Solukhumbu

KSAA Chang-thung

Hotel Seto Gurans, B

2nd Annual Conventio

Celebration Event He

Annual General Meeti

Celebration Events H

Teacher's Can Make a

Library Hall, Namche

KSAA Annual Genral M

Kathmandu

Website meeting

KSAA Office

Local Language

KSAA Office

SKPM Scholarsip

Hotel Tibet Internat

View More Event

https://www.facebook.com/ksaa8

News & Articles Details

Written By:  KSAA    |   Published Date:  18-Jan-2015

ARTICLE ABOUT SONAM LOSAR

 एकसाथ जुटौं

 

अन्तर-सांस्कृतिक सम्बन्ध र सामाजिक एकतालाई प्रवर्द्धन गर्न लोसार पर्वलाई समायोजन गर्न सकिन्छ ।

- डा. ल्हाक्पा नोर्बु शेर्पा

 

सोनाम लोसारभन्दा केहि दिन अगाडि म बौद्धनाथमा आवश्यक सामानहरु किन्न गएको थिएँ । जुन पसलमा म छिरे, एकजना सज्जन मान्छे पसलको साहुजीसँग कुरा गर्दै थिए, "ओहो! कति छिटो हाम्रो तामाङ लोसार पनि आइसकेछ" उसले भन्यो । यो सुनेपछि एकछिन रोक्दै मैले सोधे, "यो त सोनाम लोसार होइन र?" ति सज्जनले हाँस्दै अझ थपे, "हो, तर आजकल तोलो लोसारलाई तमु लोसार भन्छन । त्यसैले किन सोनाम लोसारलाई तामाङ लोसार नभन्ने त?"

यसले हामी (तामाङ र शेर्पा) बिच लोसारको सन्दर्भमा छोटो बहस प्रारम्भ गरायो । लो भनेको बर्ष र सार भनेको नयाँ हो । लोसारलाई हिमालय क्षेत्र र तिब्बतका बौद्ध समुदायले नयाँ बर्षको रुपमा मनाउने गरेका छन् । नेपालको हिमाली क्षेत्रका तामाङ, शेर्पा, ह्योल्मो, गुरुङ, भोटिया, लोवा, डोल्पोपा, मुगुम्पा लगायत समुदायले लोसार मनाउछन् ।

तीन प्रकारका लोसार:

बिशेषगरी तीन प्रकारका लोसारहरु प्रचलनमा छन् । लगभग एक महिनाको अन्तरमा हिउँद महिनाहरुमा तोलो, सोनाम र ग्याल्पो लोसार मनाईन्छ । यो बर्ष तोलो लोसार पुस १५ मा, सोनाम लोसार माघ १७ गते र ग्याल्पो लोसार फाल्गुन १८ गते परेको थियो । चन्द्रमास पात्रो अनुसार प्रत्येक बर्ष लोसारको तिथि फरक पर्ने गर्दछन् ।

मैले मेरो तामाङ मित्रलाई आफुले आफ्नो अग्रजहरुबाट लोसारको बारेमा सिकेका कुराहरु बताए । तोलो लोसार हिउँदको मध्यतिर सुर्य दक्षिणबाट उत्तरी ध्रुवतर्फ फर्किने समयलाई नयाँ बर्षको सुरुवातको रुपमा लिएर मनाइन्छ ।  सोनाम लोसार तोलो र ग्याल्पो लोसारको बिचमा पर्छ, जुन उच्च हिमाली क्षेत्रमा बासोबास गर्ने कृषकहरुको जिवनशैलीलाई आधार मानेर बिकास भएको देखिन्छ किनभने उनीहरुका लागि मध्य हिउँद लोसार मनाउन अति चिसो हुने र ग्याल्पो लोसारको समयमा उनीहरु कृषि कामको लागि ब्यस्त हुनु पर्ने हुन्छ ।  ग्याल्पो लोसारको शाब्दिक अर्थ राजाको लोसार भनेको हो जुन मंगोल शासकले सैनिक बिजय हासिल गरेको उपलक्ष्यमा मनाउने गरेको भनिन्छ । त्यसैले ग्याल्पो लोसार बिशेषगरी शासक बर्ग र उनीहरुसँग  नजिक भएका मान्छेहरुले मनाउने गर्छन् । यति भनेपछि पसलको साहुजीले तत्काल प्रश्न गरिहाले, "किन काठमाण्डौंका शेर्पाहरु ग्याल्पो लोसार मनाउछन् त? शेर्पाहरु पराम्परागत रुपमा कृषक र पशुपालक नै थिएनन् र?" त्यो प्रश्नले मलाई अचम्मित बनायो । हिमाली गाउँहरु जहाँ म हुर्के, गाउँलेहरुले जहिले पनि सोनाम लोसार नै मनाउथे । आफुसँग चित्तबुझ्दो जवाफ नभएकोले मैले ख्यालठट्टा गर्दै जवाफ दिए, "शुरुमा काठमाण्डौं आएका शेर्पाहरुले ग्याल्पो लोसार मनाउन थाले होलान् किनकि उनीहरु ग्याल्पोको छिमेकी भईसकेका थिए ।" सायद केही शेर्पाहरुले ग्याल्पो लोसार मनाउथे होलान् र शासकवर्ग जस्तै व्यवहार गर्थे होलान् र काठमाण्डौंमा लोसारको छनौट त्यही अनुसार भएको हुनसक्छ ।

 

अन्तर-साँस्कृतिक साधन

ऐतिहासिक र बिगत समयमा जे जस्तो कारणले फरक समय र नाममा मनाए पनि लोसार हिमालय क्षेत्रका बौद्ध समुदायहरुको एक महत्पुर्ण साँस्कृतिक सम्पदा हो । काठमाण्डौंमा हिमाली तथा पहाडी क्षेत्रबाट मानिसहरु आउने क्रम बढेसँगै लोसारको ब्यापकता बढ्दै गइरहेको छ । राजनैतिक परिवर्तनसँगै लोसार राष्ट्रिय पर्वको रुपमा स्थापित भइसकेको छ र सरकारले लोसारको लागि छुट्टा छुट्टै तीन दिनको बिदा पनि दिदै आइरहेको छ । यसप्रकारको राष्ट्रिय पर्वले अन्तर-साँस्कृतिक सम्बन्ध बढाउन र जनमानसमा एकता कायम गर्ने योगदान गर्नु पर्छ । लोसारले एकतालाई कायम गर्न सक्ने संभावना बोकेको पर्व हो । दुर्भाग्यवश, यो पर्वले एकताको लागि सोचेजति प्रभावकारी रूपमा भुमिका निर्वाह गर्न सकेको छैन । यसको मुलकारण बिभाजित रुपमा यो पर्वलाई मनाउनु हो ।

लोसारको तयारी गर्न, आफन्तजनसँग भेटघाट गर्न र पराम्परा अनुसार मनाउन एक दिनको विदा पर्याप्त छैन । लोसारको शुरुवात बर्षको अन्तिम महिनाको उनन्तीसौ दिनबाट शुरु हुन्छ र त्यसछिको तीन दिन घरपरिवारमा बसेर मनाइन्छ । त्यसपछि समुदाय तहमा लोसार मनाउने कार्य हुन्छ । यसबीचमा बिभिन्न सामाजिक संघसंस्थाहरुले विविध कार्यक्रमहरु आयोजना गर्छन । तसर्थ, लोसार राम्रोसँग मनाउन पाँचदेखि सातदिन आवश्यक पर्छ ।

बिभिन्न लोसारलाई बिशेष समुदायले आफ्नो भनी दाबी गर्ने प्रवृतिले एकीकृत गर्नुको साटो बिभाजित गर्न भुमिका खेलेको देखिन्छ । जब गुरुङहरु आफ्ना सम्पुर्ण उर्जा लगाएर भब्यरुपमा तमु लोसार मनाउने प्रयत्नसहित सडकमा रयाली निकालिरहेका हुन्छन, शेर्पा, तामाङ र अन्य समुदायका मानिसहरु मौन दर्शकमात्र बनिरहेका हुन्छन् । जब तामाङले टुंडिखेलमा सोनाम लोसार मनाइरहेका हुन्छन्, अन्य सोनाम लोसार मान्ने समुदायका मानिसहरु आफुहरुलाई त्यो रमझमबाट टाढा राखेको महशुस गरिरहेका हुन्छन् । त्यसैगरी जब शेर्पाहरुले ग्याल्पो लोसारको आयोजना गर्ने बेलासम्ममा गुरुङ, तामाङ र अन्य समुदायले मनाइसकेका हुन्छन् ।

अन्यौलमा रहेका लोसार नमनाउने समुदायहरु भने जहिले पनि सोधिरहेका हुन्छन, "लोसार कति वटा हुन्छन ?" "तीन प्रकारका लोसारहरु छन, एउटा गुरुङको, एउटा तामाङको र एउटा अझै कसैको हुन बाँकी छ," यसको अस्वभाविक उत्तर भएको छ ।

एकिकृत लोसार

लोसारलाई एकिकृत रुपमा मनाउन आवश्यक छ र यसको लागि एउटा लोसारलाई अधिकारिक लोसारको रुपमा घोषणा गर्नुपर्छ । बहुसंख्यक लोसार मनाउने समुदाय कृषकको पृष्ठभुमि भएकोले सोनाम लोसारलाई लिन सकिन्छ । यसको लागि ग्याल्पो लोसार मनाउनेहरुले  एक महिना अगाडि मनाउने र तोलो लोसार मनाउनेहरुले एक महिना ढिलो मनाउने गरेमा सम्भव छ र तीन दिनको सार्वजानिक विदा एकैचोटि लिन सकिन्छ । सोनाम लोसारलाई सबैले मनाउँदाको थप फाइदा के छ भने धेरै संख्यामा हिमाली क्षेत्रका मानिसहरु हिउँदमा महिनामा तिर्थटन गर्न र चिसो छल्न काठमान्डौं झर्छन, उनीहरु पनि काठमान्डौंमा आफ्ना समुदायका मानिसहरुसँग सोनाम लोसार मनाउन पाउछन् तर ग्याल्पो लोसार आउने बेलासम्ममा उनीहरु आफ्ना खेती, गाईबस्तु र व्यवसायका लागि गाउँ फर्किनु पर्ने  हुन्छ । यसको अलवा सोनाम लोसार चीन, जापान, भुटान र भारतको बिभिन्न स्थानहरुको नयाँ बर्षसँगै पर्ने गर्दछ ।

जब हामीबिच एउटा अधिकारिक लोसारको लागि सहमत हुन्छौं, त्यसपछि सरकारसमक्ष थप दुइदिनको विदा मागगरि पाँचदिन बनाई लोसारलाई भव्यताकासाथ मनाउन सक्नेछौ । यसले बिधालयबाट बच्चाहरुलाई घर ल्याउन र परिवारका सदस्यहरु जम्मा हुन पर्याप्त समय हुनेछ । त्यति मात्र नभएर लोसार नमनाउने समुदायलाई पनि परिवार र आफन्तसँग विदा मनाउन जान र महत्वपुर्ण कामहरु सम्पन्न गर्न सहज हुनेछ, अन्यथा एक महिनाको फरकमा दिने तीन दिनको विदाले यो सम्भव हुँदैन । यसका साथै धेरै वटा हिमाली जिल्लाहरुका विधालयहरुमा हिउँदे विदा दिने भएको र सोही समयतिर सोनाम लोसार पर्ने भएकोले पनि सहज देखिन्छ ।

लोसारलाई एकिकृत र व्यापकता दिन सक्यो भने यसले सामाजिक र साँस्कृतिक महत्वलाई बढाउनुकासाथै बस्तु उत्पादक, ब्यापारी लगायत सबैको आर्थिक क्रियाकलापमा सघाउ पुग्नेछ । परिवार र समुदायले तोलो र ग्याल्पो लोसारमा गर्ने आफ्ना पराम्पराहरुलाई निरन्तरता दिन सक्नेछन् ।

लोसारको इतिहासलाई हेर्दा प्राचीन समाजहरुले उनीहरुको  आवश्यकता अनुसार समायोजन गरेको पाइन्छ । हामीले पुन: समायोजन किन गर्न सक्दैनौ भन्ने कुनै कारण छैन र अहिलेको आवश्यकता भनेको वर्तमान र भावी पुस्ताको चाहना अनुसार परिवर्तन हुनु हो ।

 

डा. शेर्पा माउन्टेन स्पिरिटका सल्लाहकार हुनुहुन्छ ।

(यो लेख अंग्रजी दैनिक काठमाण्डौं पोष्टमा २०७० फाल्गुन १४ गते प्रकाशित भएको हो, जुन लेखलाई ल्हाक्पा तेन्जी लामाले नेपालीमा अनुवाद गरेको हो ।)